सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु
मकवानपुर | पुस २०, २०८२
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दुर्घटना भएको सुमो।
मकवानपुर: मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटौडा तर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा आज साँझ दुर्घटना भएको हो।
सुमोमा सवार ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
सुमो सडकबाट अन्दाजी सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौडातर्फ पठाएको जानकारी दिएको छ। तीमध्ये ७ जना गम्भीर घाइते र २ जना मध्यम घाइते रहेको प्रहरीले बताएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

